बागलुङ २: प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी
बाग्लुङ | मंसिर ६, २०७९
ढोरपाटनः बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गर्नुभयो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गर्नुभएको छ ।
नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गर्नुभएको छ ।
निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

